काठमाडौँ । उद्योगमन्त्री दिलेन्द्र बडूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कमिशनखोर आरोप लगाएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
बिहीबार सरकारको नीति तथा कार्यक्रमबारेको छलफलमा सहभागि हुँदै एमालेका संसदीय दलका नेता समेत रहेका ओलीले सरकारले कमिशन खाएर आयल निगम खारेज गर्न खोजेको आरोप लगाएका थिए । सो अभिव्यक्तिप्रति लक्षित गर्दै उद्योगमन्त्री बडूले त्यसलाई झुटा र आधारहीन भन्दै ओलीको टिप्पणीलाई अराजनीतिक र स्तरहीन भनेपछि एमाले सांसदहरु विरोधमा उत्रिएका हुन्।
पूर्वप्रधानमन्त्रीले यति हल्का र झुटा कुरा गर्नु आपत्तिजनक भएको भन्दै वडूले जनताको हितमा गरिने हरेक सत्कार्यमा कमिशन मात्रै देख्ने दुर्नियत देख्दा दया लागेको बताएका थिए । साउन महिनामा आँखा गुमाएको गोरुले हरियो मात्रै देख्छ भन्दै वडूले ओलीलाई भ्रष्टको संज्ञा दिएपछि एमाले सांसदहरुले उठेर विरोध जनाएका छन् । बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।



















