जुम्ला । पाँच वर्षको अवधिमा चन्दननाथ नगरपालिकाका ज्येष्ठनागरिक अधिकार पाउनबाट वञ्चित भएका छन् । उनीहरुले संविधानमा ब्यवस्था भएको हक अधिकारबाट जुम्लाका ज्येष्ठ नागरिकलाई चन्दननाथ नगरपालिकाले बञ्चित गराएको आरोप लागएका हुन् । ज्येष्ठ नागरिक संघले आयोजना गरेको नवनिर्वाचित मेयर, उपमेयर र वडाअध्यक्षहरुका लागि बधाई तथा स्वागत कार्यक्रमा गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिक संघका अध्यक्ष तिर्थराज भारतीले नेपालको संविधानले दिएको हकअधिकार समेत कटौती गरेको भन्दै दुखेसो पोखे।
संविधानले दिएको सेवा सहजै रुपमा पाउनुपर्ने भए पनि सरकारले दिने सामाजिक सुरक्षा भत्तासमते दिन आँनाकानी गरेको बताए। अध्यक्ष भारतीले भने- ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको ब्यवस्था छ । तर जुम्लाका ज्येष्ठ नागरिकले पाएका छैनन्, उनले भने- यस अघि महिला तथा बालबालिका कार्यलयले ज्येष्ठ नागरिकका माग सम्बोधन गरेको थियो। तर, गाउँमा सरकार आयो, त्यो कार्यलय खारेज भयो। चन्दननाथ नगरपालिकाले मेयर उपमेयर दुईवटै पदमा महिला पायो। तर, यो पाँच वर्षको अवधिभर कुनै ज्येष्ठ नागरिकहरुका माग पूरा नभएको बताए ।
त्यस्तै नगरप्रमुख राजुसिंह कठायतले समयमै सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने बताए। उनले ज्येष्ठ नागरिकको गुनासा सम्बोधन तयार रहेको बताए ।
त्यस्तै उपमेयर रामदेवी खड्काले नगरबाट प्रवाह हुने सेवा सुविधामा ज्येष्ठ नागरिकका लागि कुनै कन्जुस्याइँ नहुने बताइन् । उनले भनिन्- ज्येष्ठ नागरिक डाँडामाथिका जुन जस्तै हुन । यसको लागी नगरपालिकाले आधारभुत आबश्यकता पूरा गर्न लाग्ने छ।
त्यस्तै नवनिर्वाचित वडा अध्यक्षहरुको तर्फबाट बोल्दै नगरपालिका ४ का वडाध्यक्ष नवराज देवकोटाले आफ्ना वाडाका सबै नागरिकले स्वास्थ्य विमा, व्लड बैंक स्थापनाका लागि पहल गरेको बताए। डिप्लोमा र प्रडिप्लामा पढ्ने १० विद्यार्थीहरुलाई निःशुल्क पढाइने र एकीकृत सहकारीमार्फत् कृषि कार्यक्रम गरिने निर्णय गरेको जानकारी दिए ।