काठमाडौं । सेयर बजार साेमबार दाेहाेराे अंकले ओरालाे लागेकाे छ । लगातार बजार घट्ने क्रममा सोमबार पनि ४१ दशमलव ७७ अंकले ओरालाे लागेकाे छ । कारोबारको दोस्रो दिन सोमबार १ दशमलव ७५ प्रतिशतले घटेर त्यही २३४३ दशमलव ८७ अंकमा आएर बजार बन्द भएको छ ।
२२९ वटा कम्पनीको सेयर कारोबार हुँदा २०२ वटा रातो, २० वटा हरियो र ७ वटा स्थिर रहेका छन् । कारोबार रकममा पनि खासै ठूलो उतारचढाव देखिएको छैन । साेमबार २२९ वटा कम्पनीको ३१ हजार ८२५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको छ ।
बजार घटना क्रम जारी रहँदा पनि नेस्डाे लघुवित्तले भने साेमबार पनि सर्किट लेभलमा बढेर २७ सय ३७ दशमलव सात रुपैयाँमा अन्तिम कारोबार भएको छ । साेमबार बढ्नेमध्ये ७ दशमलव ९८ प्रतिशतले दिव्यश्वरी हाइड्रोपावर बढेर २७२ मा ६ दशमलव ०९ प्रतिशतले बढ्दा जाल्पा लघुवित्त ५७५ दशमलब १ मा अन्तिम कारोबार भएका छन् ।
अत्यधिक घट्नेमध्ये नेपाल इन्फ्रास्ट्रकचर डेभलपमेन्ट ८ दशमलव ३३ प्रतिशतले घट्दा ५५० मा, हिमालयन ऊर्जा ७ दशमलव ५७ प्रतिशतले घट्दा ३३६ दशमलव १ मा, इमर्जिङ नेपाल ७ दशमलव १ प्रतिशतले घट्दा ८३८ मा, ग्रिन लाइफ हाइड्रो ६ दशमलव ०४ प्रतिशतले घट्दा ३८७६ मा, ५ दशमलव ९५ प्रतिशतले घट्दा युनिभर्सल पावर कम्पनी २४८ मा र गुडविल फाइनान्स ५ दशमलव ८३ प्रतिशतले घट्दा ४८५ मा अन्तिम कारोबार भएको छ ।
हाइड्रो इन्डेक्स २ दशमलव ९८ प्रतिशत र अदर्श इन्डेक्स २ दशमलव ८६ प्रतिशतले घटेको छ । अत्यधिक कारोबार हुनेमध्ये चार करोड ९९ लाख बराबरको नबिल बैंक, चार करोड ९१ लाख बराबरको हिमालयन डिस्टिलरी र चार करोड ५० लाख बराबरको महालक्ष्मी बिकास बैंक छन् ।