काठमाडौं । नयाँ वर्ष २०७९ ले सम्पूर्ण ग्राहकहरूमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एन आई सी एशिया बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।
यस आकर्षक योजना अन्तर्गत Daraz बाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, Sastodeal बाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र Gyapu बाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ । त्यसैगरी CG|LG Digital बाट २०७८ चैत्र ३० का दिन रू. २०,००० भन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहक महानुभावहरूले POS तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा रू. २०७९ नगद फिर्ता (Cashback) हुने योजना समेत बैंकले ल्याएको छ ।
देशमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको हो । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नुहुनेछ ।
यस योजना अनुसार उपर्युक्त ई–कमर्शबाट निम्नलिखित छुट प्रदान गरिएको छ :
| Daraz | छुट योजना | डेबिट कार्डमा १० प्रतिशत वा अधिकतम रू. १,००० |
| क्रेडिट कार्डमा १५ प्रतिशत वा अधिकतम रू. १,५०० | ||
| योजना अवधि | २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म | |
| Sastodeal | छुट योजना | डेबिट/क्रेडिट कार्डमा २० प्रतिशत वा अधिकतम रू. २,००० |
| योजना अवधि | २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म | |
| Gyapu | छुट योजना | डेबिट/क्रेडिट कार्डमा २० प्रतिशत वा अधिकतम रू. १,००० |
| योजना अवधि | २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म | |
| CG|LG Digital | नगद फिर्ता योजना | POS तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा रू. २०७९ |
| योजना अवधि | २०७८ चैत्र ३० |
साथै, बैंकले Fonepay सँग सहकार्य गर्दै NIC ASIA MoBank मार्फत २०७८ चैत्र ३० का दिन QR भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरूलाई १० प्रतिशत वा रू. १०० नगद फिर्ता (Cashback) प्राप्त हुने व्यवस्था गरेको छ । जसमा एक जना ग्राहक महानुभावले अधिकतम ३ वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ । साथै, सोहि दिन QR भुक्तानी गर्नुहुने र QR भुक्तानी लिने १०/१० जना भाग्यशाली ग्राहक महानुभावहरू र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोहि क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर रहेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

























