काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रियसभा गृहमा आज बिहान ११ः०० बजे हुने सम्मेलनको उद्घाटन अध्यक्ष ओलीले गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओली शनिवार पर्वत र बागलुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ गएका थिए ।
अध्यक्ष ओली सङ्गठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आजै काठमाडौँ आउने भएका छन् । अध्यक्ष ओली मौसम प्रतिकूलताका कारण शनिवार बागलुङको कार्यक्रमबाट काठमाडौँ आउन सकेका थिएनन् । नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेकाले अध्यक्ष ओलीको दौडधुप विगत केही दिनदेखि निकै नै चलेको छ ।

























