काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसबाट चुनाव जितेकी गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरीलाई बिहीबार एमालेमा स्वागत प्रवेश गराएका छन् । अध्यक्ष ओलीले गुलरियामा आयोजित आमसभामा गिरीलाई एमालेमा स्वागत गरेका हुन् ।
गिरी कांग्रेसकी महिला संघकी पूर्वसभापति रहेकी थिइन् । यसैगरी कांग्रेसबाट गुलरिया-६ बाट निर्वाचित वडाध्यक्ष निरज शर्मा पनि एमालेमा प्रवेशमा प्रवेश गरेका छन् । एमालेनिकट नेपाल भूमिहीन सुकुम्बासी संगठनको प्रथम राष्ट्रिय अधिवेशनलाई उद्घाटन गर्न बर्दिया पुगेका एमाले अध्यक्ष ओलीले उपमेयर र वडाअध्यक्षलाई एमालेमा प्रवेश गराएका हुन् ।
यसैगरी समाजवादी, माओवादीलगायत पार्टीबाट २ हजारभन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले स्रोतले जानकारी दिएको छ ।