भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको औचित्य समाप्त भइसकेको बताएका छन् । भक्तपुरको सिपाडोलमा बुधबार शान्ति निकेतन माध्यमिक विद्यालयको समुद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सो अवसरमा अध्यक्ष ओलीले गठबन्धन कुहिसकेको र झर्न मात्र बाँकी रहेको दाबी गरेका थिए । उनले भने, ‘कसैले अब चिन्ता नगरौं, घाम लाग्छ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले चोभारमा सुक्खा बन्दरगाह उदघाटन गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका थिए । उनले भने ‘थ्याङ्क्स गोज टू शेरबहादुर देउवा, त्यतिबेला बन्दरगाह शिलान्यास गर्न नदिने कांग्रेस नै थियो ।’
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टी भनेकै नेकपा एमाले र नेता भनेकै केपी ओली भएको दाबी गरेका थिए ।

























