काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको स्थापनाको २४ औं वार्षिक साधारण सभा मनाइरहँदा नेपालको नम्वर १ बैंक बन्न सफल भएको छ । पाँच वर्षभित्र बैंकलाई नम्वर १ बनाउने प्रतिज्ञा गर्दै सिईओ बनेको रोशन न्यौपानेले तीन वर्षमै बैंकलाई नम्बर १ बनाउन सफल भएका छन् । चालु आर्थिक वर्षको पछिल्ला रिपोर्ट हेर्ने हो भने बैंक अधिकांस सूचकहरुमा देशकै नम्वर १ बैंक बन्न सफल भएको देखिन्छ । वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन नाफा, खुद नाफा, स्वपुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, एटीएम र ग्राहक संख्यामा एनआईसी एसिया बैंक अन्य भन्दा अग्रणी देखिएको छ ।
कर्जा विस्तारमा पनि एनआईसी एसिया बैंक अन्य बैंभन्दा निकै अगाडि छ । कर्जा विस्तारमा जोखिम कम हुने र सक्रिय हुने कर्जामा बैंकले जोड दिएकाले बैंकलाई थप मजवुत वनाउँदै गएको छ ।
कर्मचारी व्यवस्थापन, ग्राहकको सन्तुष्टी, सरोकारवालाहरुको सराकोर, नयाँ प्रोडक्टलाई प्राथमिकता, बैकिङमा डिजिटलाइजेसनलगायतका अनेक कुराहरुमा बैंक व्यवस्थापनको ध्यान पुगेकाले बैंक दिनप्रतिदिन सफताको सिढी चढिरहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एसिया बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमाससम्म आइपुग्दा एनआईसी एसिया बैंक देहाय बमोजिमका प्रमुख वित्तीय परिसूचकहरूमा सबै वाणिज्य बैंकहरूमध्ये सर्वोत्कृष्ट हुन (नम्बर एक) सफल भएको छ ।

बैंकले भविष्यमा समेत आफ्नो सफलताका मुख्य योगदानकर्ताहरू सबै सरोकारवालाहरूको अमूल्य मार्गदर्शन, साथ र सहयात्राको जगमा अझ विशिष्ट, परिस्कृत, आधुनिक, वैज्ञानिक एवं अर्थपूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै वित्तीय समावेशिता, समन्यायिक आर्थिक विकास, रोजगारी सृजना र सर्वाङ्गीण सबलीकरणको राष्ट्रिय आवश्यकता एवं आकांक्षा हासिल गर्ने तर्फ अग्रणी बैंकको रुपमा कार्यरत रहन मन, बचन र कर्मले दृढतापूर्वक डटिरहने प्रण गरेको छ ।
एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ सेवाले ग्राहकहरूलाई निम्न तरिकाले आफ्ना मोबाइलमार्फत विभिन्न जानकारीमूलक र वित्तीय कारोबार गर्ने अनुमति दिएको छ ।
केके छन् सुविधा ?
– अन्तर बैंक रकम स्थानान्तरण,
– खाताको जानकारी,
– एकाउण्ट स्टेटमेन्ट,
– आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने,
– मुद्दती निक्षेप खोल्ने,
– बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने,
– मोबाइल टपअप,
– अनलाइन टिकेटिङ
– युटिलीटि बिल भुक्तानी,
– QR भुक्तानी,
– आफ्नो गुनासोको सुनुवाई
– विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (IPO) मा आवेदन,
– प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (Cardless Withdrawal)
– एपमा रहेको ‘Customer Care’ बाट ग्राहकहरूले आफ्ना समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नुहुने,
– आइओएस र एन्ड्रोइड अपरेटिङ्ग सिस्टम भएका स्मार्टफोनमा निःशुल्क डाउनलोड गर्न सकिने,
– १२ लाख भन्दा बढी पटक डाउलोड,
– बढि भन्दा बढी सुविधा एकै एपमार्फत ल्याउने बैंकको प्रयास,
– मोबाइल बैंकिङ ग्राहकहरूलाई आफ्ना मोबाइलमार्फत सुरक्षित तरिकाले आफ्नो खातासम्म पहुँच पु¥याउन प्रदान गरिएको एउटा प्लेटफर्म हो,
– यस मोबाइल बैंकिङ सेवाले मोबाइल फोनमार्फत ग्राहक खाता जानकारी र वास्तविक समय कारोबार क्षमताहरू छ,
– यसले ग्राहकहरूलाई बैंकका उत्पादन र सेवाहरूबारे जानकारीमूलक सन्देशहरू पठाउछ,

आईसर्भ डिजिटल सर्भिसेज्, केके छन् डिजिटल सुविधा ?
– बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाब ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई आईसर्भ प्लेटफर्ममार्फत अघि बढाईरहेको
– ४ विधाभित्र २० वटा विभिन्न सुविधाहरू
– कुल चार वटा सेवाहरु रहेका छन् १. मोबाइल बैंकिङ्ग सम्बन्धि सेवाहरू, २. ग्राहक सम्बन्धी सेवाहरू, ३. टेलर सेवाहरू र ४. कार्ड सम्बन्धी सेवाहरू
– मोबाइल बैंकिङ सम्बन्धि सेवाहरू भित्रः नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट
– ग्राहक सम्बन्धी सेवाहरू भित्रः ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र Stop Cheque Payment
– टेलर सेवाहरू भित्रः नगद तथा चेक डिपोजिट भौचर भर्ने
– कार्ड सम्बन्धी सेवाहरू भित्रः ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन र Insta Buy
– आईसर्भ आफैमा एउटा भर्चुअल बैंक
– अनेकौ सुविधाले यसलाई एउटा बैंकको रुप बनाएको छ
– नेपालको बैंक क्षेत्रमा पहिलो पटक एन आई सी एशिया बैंकले ल्याएको ।
– आगामी दिनमा सकेसम्म बढी डिजिटल सेवा दिएर डिजिटल फष्ट बैंक बन्ने हामीले अठोट बैंकको छ ।
– जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई iServe मार्फत अघि बढाईरहेको
– बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको ।
एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप, iServe, Website र Internet Banking Ncell मा निःशुल्क चलाउन सकिने
– एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप, Website, iServe तथा Internet Banking मा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी Ncell मा निःशुल्क चलाउन सकिने सुविधा ल्यायो ।
– यससुविधा मार्फत Ncell का ग्राहकहरूले डाटा प्रयोग गरी यस बैंकका NIC ASIA MoBank एप, iServe, Website तथा Internet Banking सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्ने
– निःशुल्क सुविधाको प्रयोग गरी यस बैंकका ग्राहक महानुभावहरूले निम्नलिखित सेवाहरू उपभोग गर्न सक्नुहुनेछ :
~ NIC ASIA MoBank एपः अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, QR भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क । साथै, NIC ASIA MoBank मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (IPO) मा आवेदन दिन सकिने । NIC ASIA MoBank प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (Cardless Withdrawal) को प्रयोग गर्न सक्नुहुने र एपमा रहेको ‘Customer Care’ बाट ग्राहक महानुभावहरूले आफ्ना समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्ने ।

~ iServe: यस https://iserve.nicasiabank.com/home मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र Stop Cheque Payment), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन र Insta Buy) ग्राहक महानुभावहरूले सरल तरिकाले लिन सक्ने ।
~Website: बैंकको वेबसाइट www.nicasiabank.com बाट यस बैंकबारे अधिकतम जानकारीको साथै अनलाइन खाता आवेदन, अनलाइन IPO आवेदन, Loan Benefit Calculator, EMI Calculator लगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिने ।
~Internet Banking : यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिने ।
– बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्ने बैंकको विश्वास
– बैंकको ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने

























