भक्तपुर । नेपाल खेलकुद महासंघ भरतपुर महानगरपालिकाको प्रथम अधिबेशनबाट सर्वसम्मतरुपमा योग बहादुर गुरुङ अध्यक्षमा निर्वाचन भएका छन्।
खेल क्षेत्रका खेलाडी , प्रशिक्षक, पदाधिकारी तथा खेल शुभचिन्तक सयौ संख्याको भेलाले गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्वाचित गरेकाे छ । अधिबेशनलाई महासंघका अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) ले भरतपुर स्थित नेकपा एमालेको पार्टी कार्यलयमा समुद्घाटन गरेका थिए ।
नेकपा एमाले को जनबर्गिय संगठन नेपाल खेलकुद महासंघले यही बैशाख ५ सम्ममा ७७ जिल्ला तथा सबै पालिका अन्तर्गतका कमिटीहरु बनाउदै कृयाशिल बनाउने नीति अनुरुप सात प्रदेश तथा उपत्यका विशेष कमिटीको गठन गरिसकेको छ ।
आगामी स्थानीय निर्वाचनलाई समेत मध्यनजर गरी गत चैत्र २८-२९ गते काठमाडौमा बसेको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकको निर्णयबाट महासंघका निवर्तमान उपमहासचिव धर्मबहादुर लामाको संयोजकत्वमा १००१ सदस्यीय चुनाव प्रचारप्रसार तथा निर्वाचन परिचालन कमिटी गठन समेत गरिसकेको छ ।
खेलकुदलाई मनोरञ्जन र अतिरिक्त क्रियाकलाप मात्र नसम्झेर खेलकुद मानव जीवनको अनिवार्य क्रियाकलापका रुपमा लिनु पर्ने कुरामा प्रदेश न १ खेलकुद बिकास बोर्डका कार्यकारी सदस्य-सचिव तथा नेपाल खेलकुद महासंघका अध्यक्ष कृष्ण बस्नेत(पर्शुराम)ले जोड दिए । कार्यक्रममा महासंघका निवर्तमान उपाध्यक्ष ओमकृष्ण प्रसाईं, दिपेन्द्र दाहाल, कोषाध्यक्ष बिदुर शर्मा, उपमहासचिव धर्मबहादुर लामा, उमेश के सी, सचिव कपिल नेउपाने, पुस्प जोशी, महासंघका बाग्मती अध्यक्ष सिताराम कार्की तथा नेकपा एमाले चितवन जिल्ला कमिटीका उपाध्यक्ष कमल पाठक, उपसचिव निशा अधिकारीलगायत सयौंको संख्यामा खेलकुद क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।