काठमाडौं । नेकपा एमालेको आजबाट सुरु भएको दुईदिने केन्द्रीय कमिटी बैठकमा ११ एजेण्डामाथि छलफल अघि बढाइएको छ ।
बैठकमा भोलि ९ वटा एजेण्डामा छलफल हुने एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘आजको बैठकमा ११ वटा अजेण्डा पेश भएको छ । ९ वटा एजेण्डामा भोलि बस्ने बैठकमा छलफल हुन्छ,’ गुरुङले भने ।
बैठकका एजेण्डामा सात वटा प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेश गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने, विभागहरुको गठन, स्थानीय तहको निर्वाचनको लगि सिफारिस प्रक्रिया र मापदण्ड, स्थानीय निकायको घोषणापत्र तयारी गर्ने, पार्टी स्थापना दिवस मनाउने लगायतका रहेका थिए ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।