काठमाडौं । देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहकहरूले अत्यन्त उत्साहजनक सहभागीता जनाएको बैंकले उल्लेख गरेको छ । उक्त योजनाहरूलाई सफल बनाइदिएकोमा बैंकले समस्त ग्राहकवर्ग, कर्मचारीहरू लगायत सबै सरोकारवालाहरूप्रति अत्यन्त अनुग्रहीत रहँदै सबैमा हार्दिक आभार तथा कृतज्ञता पनि व्यक्त गरेको छ ।
आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने नीति तथा रणनीति रहेअनुरुप बैंकले यस अघि ल्याएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै रू. ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ ।
साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने छन् । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ । जसलाई निम्नानुसार तालिकामा देखाइएको छ ः
उपरोक्तानुसारको सबै थप सुविधा÷फाईदाहरू यस अघि सर्वश्रेष्ठ खाताहरू खोलि सक्नु भएका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्ने बताइएको छ ।
आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा एनआईसी एसिया बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई सेवा दिन बैंक सफल भएको बताइएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एसिया बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक
–सम्पूर्ण बैंकिङ्ग आवश्यकताको लागि बैंकले आफ्नो तर्फबाट निर्वाह गर्न सक्ने सबै प्रकारको साथ, सहयोग र सहकार्य उपलब्ध गराउँदै खातावालाको बैंकिङ्ग अनुभवलाई सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउदै अगाडी बढाउने कुरामा बैंकले खातावालालाई विश्वास दिलाउन चाहन्छ ।
–सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी बैंकका निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण बनाउँदै जाने रणनीति अनुरुप आम ग्राहकहरूलाई नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो र सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको छ । खातावालाले यसै खाता अन्तर्गत ‘गुडविल एम्बेसडर’ श्रेणीको खाता खोली बैंकप्रतिको आकर्षण बढाएका छन् ।
–ग्राहकले यस बचत खातामार्फत सर्वाधिक उच्च ब्याजदर, रू. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू उपयोग गर्न सक्ने छन् ।
तीन सर्वश्रेष्ठ बीमा सम्बन्धी फाइदा
बचतसँगै भविष्यमा आउन सक्ने भवितव्यको लागि वित्तीय स्रोतको उचित व्यवस्थापनको लागि सर्वश्रेष्ठ बचत खातामा खातावालाको लागि कुल रू. ८४ लाखसम्मको निम्न प्रकारका बीमा फाइदा उपलब्ध छन् :
–यस बचत योजनामा खातावाला एवं खातावालाबाट मनोनित ३ अन्य व्यक्तिहरूले प्रतिव्यक्ति रू. २१ लाखसम्मको बीमा लाभको फाइदा पाउनु हुनेछ । खातावालाको आवश्यकतालाई मनन् गर्दै खातावाला एवं खातावालाले मनोनयन गर्न सक्ने परिवारका सदस्य वा अन्य व्यक्तिहरूको समेत खातावालाले प्राप्त गर्ने बराबरकै बीमा फाइदा हामीले यस बचत योजनामा उपलब्ध गराएका छौं । यस बचत योजना अनुरुप खातावालाद्वारा मनोनयन गरिएको व्यक्तिले बीमा फाइदा उपयोग गर्नको लागि यस बैंकमा शून्य मौज्दातमै बचत खाता खोली बीमा फाइदा उपयोग गर्न सक्नुहुनेछ । खातावालाले मनोनयन गरेको व्यक्तिको यस बैंकमा पहिले नै बचत खाता भएको अवस्थामा उक्त बचत खातालाई Scheme Transfer गरी बीमा फाइदा उपयोग गर्न सक्नुहुनेछ ।
यसैगरी बैंकले २०७५ चैत्र २० देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यअनुरुप हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहकहरूलाई बीमा वापत रू.४ करोड ३० लाख भन्दा बढी रकम सहज रुपमा भुक्तानी गरिसकेको जानकारी गराउँदछौं ।
तीन कर्जा सम्बन्धी फाइदाहरू
सर्वश्रेष्ठ बचत खाताको पूर्व स्वीकृत कर्जा अन्तर्गत खातावालाले आफ्नो बचत खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जाको सुविधा ०.२५ प्रतिशत कर्जा प्रशासनिक शुल्क तथा बेस रेटमा थप १ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नुहुनेछ । जसअनुसार खातावालाको ३ महिनाको बचत खाताको औसत मौज्दात रकममा यस किसिमको कर्जा उपलब्ध हुने व्यवस्था हामीले नेपालको बैंकिङ्ग क्षेत्रमै नौलो एवं पहिलो पटक गरेको कुरा जानकारी गराउन पाउँदा हामी निकै हर्षित छौं । उदाहरणको लागि यदि खातावालाको खातामा पछिल्लो तीन ३ महिनामा औसत रू. १० लाख बचत जम्मा रहेको छ र यस अवस्थामा खातावालाले रू. १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा फाइदा अनुरुप खातावालाले तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् रू. १ करोड कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा रकम प्राप्त गर्न सक्नुहुनेछ । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था छ ।
अन्य १८ सर्वश्रेष्ठ फाइदाहरू
बीमा तथा कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै हामीले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधीसम्म निःशुल्क उपलब्ध गराएका छौं । जसलाई निम्नानुसार तालिकामा देखाइएको छ ः
यस निक्षेप योजना अनुसार खातावालाले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, RTGS, IPS/CPS/FundTransfer,, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू खातावाला एवं खातावालाले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने खातावालालाई विश्वास दिलाउन चाहन्छौं । यस बचत खातामा प्राप्त हुने सम्पूर्ण २४ सर्वश्रेष्ठ फाइदाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एम्बेसडर श्रेणीको खाता खोलीसकेपछि खातावालाले न्यूनतम रू. ११,७९,८६३ भन्दा बढीको फाइदा प्राप्त गर्न सक्नुहुने कुरा हामीले प्रक्षेपण गरेका छौं । यस सम्बन्धी विस्तृत जानकारी अनुसूची ‘क’ मा प्रस्तुत गरिएको छ ।
स्विप इन–स्विप आउट सुविधाः बचत खातामै मुद्दती निक्षेपको ब्याज
खातावालाहरुको मेहनतको कमाइमा हामीले उच्चतम प्रतिफल दिने सोच अनुरुप नै बचत खातामै मुद्दती निक्षेपको ब्याज प्राप्त हुने योजना ल्याएका हौं । जसलाई बैंकले स्विप इन–स्विप आउट नाम दिएको छ । यस सुविधा अन्तर्गत खातावालाको खातामा रू. २,००,००० भन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई रू. १०,००० ले गुणन गरी बैंकले तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा मुद्दती खाताकै सरह वार्षिक उच्चतम ब्याजदर खातावालालाई उपलब्ध गराइने छ । जसले गर्दा खातावालाले बचत खातामा प्राप्त गर्ने ब्याज भन्दा थप ४३ प्रतिशत बढी ब्याज आर्जन गर्न सक्नुहुनेछ । यसले गर्दा खातावालाले मेहनत गरेर कमाएको रकममा सर्वाधिक उच्च ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ । मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम खातावालाको आवश्यकता अनुसार बिना झन्झट सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिने व्यवस्था समेत रहेको छ ।
यस वचत योजनामा आबद्ध भइसकेपछि यस बचत खातासँगै ५ वर्षका लागि निःशुल्क प्राप्त हुने २४ सर्वश्रेष्ठ फाइदाहरूका अलावा बैंकका ३५८ शाखा, ४७३ एटिएम, ७६ विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङ्ग जस्ता सम्पूर्ण भौतिक सञ्जाल एवं यस बैंकको डिजिटल च्यानलहरूमार्फत आफ्नो बैंकिङ्ग आवश्यकता सहज एवं सरल रुपमा पूरा गर्न सक्नुहुनेछ । विश्वजगतमा विकास भईरहेका आधुनिक प्रविधिको उचित प्रयोग गर्दै विकास गरिएका हाम्रा डिजिटल बैंकिङ्गका च्यानलहरू जस्तै NIC ASIA MoBank, iServe, iTouch एवं वेबसाइटमार्फत खातावालाले जुनसुकै समयमा, जुनसुकै स्थानबाट आफ्ना अधिकांश बैंकिङ्ग आवश्यकताहरू सहज एवं सरल रुपमा पूरा गर्न सक्नुहुने कुरा जानकारी गराउँदछौं । बैंकले आफुलाई पूर्ण रुपले ‘डिजिटल फष्ट बैंक’ बनाउने दीर्घकालिन रणनीति अवलम्बन गरेसँगै www.iserve.nicasiabank.com मार्फत मोबाइल बैंकिङ्ग, ग्राहक सम्बन्धी सेवा, टेलर सेवा एवं कार्ड सम्बन्धी विभिन्न सेवाहरू अनलाइन अनुरोध गर्न मिल्ने व्यवस्था मिलाएको छ । साथै, NIC ASIA MoBank एपमार्फत आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खाता खोल्ने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, देशभर रहेका २५०० भन्दा बढी मर्चेन्टहरूमा आकर्षक छुट सहितको QRभुक्तानी, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर आवेदन, कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा लगायत दर्जनौं सेवा लिन सक्ने बैंकले जनाएको छ ।
ग्राहकलाई उपलब्ध हुने फाइदाहरू
NIC ASIA Goodwill Ambassador मा खातावाला तथा खातावालाले मनोनयन गरेका ३ अन्य व्यक्तिहरूलाई खातामा उपलब्ध हुने फाइदाहरूको मौद्रिक मूल्य निम्न बमोजिम रहेको छ ः
माथि उल्लेख गरिएका फाइदाहरूलाई विस्तृत रुपमा निम्नानुसार व्याख्या गरिएको छ ः
यस निक्षेप योजना अनुसार खातावालाले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, RTGS, IPS/CPS/Fund Transfer, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू खातावाला एवं खातावालाले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने खातावालालाई विश्वास दिलाउन चाहन्छौं । जसलाई मौद्रिक मूल्यमा गणना गर्दा एम्बेसडर श्रेणीको खाता खोलीसकेपछि खातावालाले न्यूनतम रू. ११,७९,८६३ भन्दा बढीको फाइदा प्राप्त गर्न सक्नुहुने कुराको प्रक्षेपण बैंकले गरेको छ ।