काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जका मेयर विजयकुमार सरावगीलाई नेकपा एमालेमा प्रवेश गराउनुभएको छ । जनता समाजवादी पार्टी जसपाका केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगीलाई अध्यक्ष ओलीले आज एमालेमा प्रवेश गराउनुभएको हो । एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गर्नुभयो ।
उहाँले मेयर सरावगीले ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेको जानकारी दिनुभयो ।
सरावगी तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्जको प्रमुखमा विजयी हुनुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीलाई १९६ मतले पराजित गर्नुभएको थियो ।
सरावगीले १९ हजार ३९३ मत प्राप्त गर्दा कांग्रेसका द्विवेदीलाई १९ हजार १९७ मत ल्याउनुभएको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी राजपाबाट महानगर प्रमुखमा उठेका सिंह १२ हजार १६५ मतका साथ तेस्रो हुनुभएको थियो ।