काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ ।
एमाले सांसदको नाराबाजीका बीच सो प्रतिवेदन पेस गरिएको थियो । तत्पश्चात् सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।