काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काममात्रै भएको बताएका छन् ।
मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भएबाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काममात्रै भएको उनको भनाइ छ ।
यद्यपि, यही घोषणालाई समातेर नेतृत्वमा रहेकाहरूलाई समात्न सकिने बाटो भने बनेको उनले बताए ।
एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले संसदबाटै एमसीसी पास भइसकेकाले अब यसलाई राष्ट्रहित विपरीत नहुने गरी, स्वाधिनताको विपरीत नहुने गरी, सार्वभौव नेपालीको स्वतन्त्रतामा कुनै चोट नपुग्ने गरी कार्यान्वयनमा लैजानुपर्छ ।