काठमाडौं । सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पारित गरेको छ ।
संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणी पास गरेको हो ।
एमसीसीको व्याख्यात्मक टिप्पणीमा सहमति भएसँगै सत्तारुढ गठबन्धनका नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका पक्षमा मतदान गर्ने भएका छन् । तर गठबन्धनकै कतिपय नेताले एमसीसीको पक्षमा मतदान गर्न नसकिने बताएका छन् ।