काठमाडौँ । प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश गरेको छ । एमाले सांसदको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । कार्यसूचीमा एमसीसी पेस गर्ने उल्लेख छ ।
बैठक कार्यसूची प्रवेश गरे पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदले नाराबाजी गरिरहेका छन् । बैठक सुरु भएलगत्तै सांसदहरूले एमसीसीको विरोध जनाएका थिए ।
एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद् अवरुद्ध गर्दै आएको छ ।
यसैबीच प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पेस गरिएको छ ।
आइतबार बसेको प्रतिनिभिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् । सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो ।
मन्त्री कार्कीलेले एमसीसी पेस गरिरहँदा सांसदहरूले विरोध गरेका थिए ।
प्रतिनिधिसभाको बैठक आउँदो बिहीबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको छ ।
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।
उनले एमसीसी पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘प्रतिनिधिसभाको अर्काे बैठक २०७८ फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।’