काठमाडौं । भौतिक पूर्वाधार तथा यातयात मन्त्री रेणुकुमारी यादवले दुई करोड दक्षिणा हात पारेर पूर्वसहसचिव एवं बदनाम पात्र बलराम मिश्रलाई टेक्निकल बिज्ञको रुपमा नियुक्ति गर्ने योजना बनाएकी छिन । सकेसम्म आजै (बिहीबार) बस्ने मन्त्रिपरिषदको बैठकबाट मिश्रलाई नियुक्ति गर्ने तयारी अगाडि बढाइएको समाचारस्रोतले जानकारी दिएको छ । मिश्र शैलेन्द्र मोहन झामार्फत मन्त्री यादवसमक्ष पुगेको बताइएको छ ।
मन्त्रालयमा टेक्निकल बिशेषज्ञको नयाँ पद सिर्जना गरेर मिश्रलाई नियुक्ति गर्ने प्रपंच रचिएको भन्दै कर्मचारीहरुले भने मन्त्री यादबको कदमको खरो रुपमा प्रतिवाद गर्ने तयारी गरेको समाचारस्रोतले बताएको छ । मिश्र तीनै पात्र हुन, जो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको पालामा रेल बिभागको महानिर्देशक हुँदा ठुलै ताण्डव मच्चाएर बदनाम भएका पात्र हुन ।
रेल वे ट्रयाक निर्माणमा ६ वटा कम्पनीलाई मात्र ५४ अर्वको ठेक्का दिने तयारी मिश्रले भित्रभित्रै मिलेमतोमा गरेका थिए । तीन अर्व रकम कमिसन लिने गरी मिश्रले निर्माण कम्पनीहरुसँग डिल गरेका थिए । मिश्रको सो कदम निकै बिवादित र आलोचित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा मुद्दासमेत परेको थियो । सेटिङ्गमा ३ अर्व झ्वाम बनाउने उनको खेलको उजुरी पुगेपछि प्रधानमन्त्री ओलीको निर्देशन बमोजिम उक्त प्रक्रिया रद्द गर्न मिश्र बाध्य भएका थिए ।
उनै बिवादित पात्र अहिले भौतिक मन्त्री यादवलाई दुई करोड बुझाएर टेक्निकल बिज्ञ बन्न खोजेपछि अनेकन आशंकाहरु उब्जिएका छन् । सरकारको खर्च घटाउने भन्दा पनि नयाँ पद सिर्जना गरेर खर्च बढाउने मन्त्री यादवको कदमलाई मन्त्रिपरिषद् वैठकले स्वीकार गर्ला ? यो भने केही दिनमा थाहा हुनेछ ।