काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सईद हमदान अल नकबीबीच आज जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको बताइएको छ ।
प्रधान सेनापति शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएको छ ।
























