काठमाडाैं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेकाे छ ।
दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति पूर्वी तथा पश्चिम नेपालका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन छ ।
बुधबार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीलगायत बागमती र प्रदेश १ का पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।