काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । सरकार सञ्चालनका लागि गठित समन्वय समितिका संयोजक समेत रहनुभएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज बिहान बसेको गठबन्धनको बैठकमा आगामी निर्वाचन सम्बन्धनमा कानुनविद्हरुसँग परामर्श गर्ने छलफल भएको हो ।
सोही अनुसार प्रधनमन्त्री निवास बालुवाटारमा पुनः कानुनविद्हरुसँग छलफल गरी अपराह्न ४ बजे पुनः बैठक बस्ने पौडेलले बताउनुभयो । सत्ता गठबन्धनले यसअघि पनि आगामी निर्वाचन खासगरी, स्थानीय तहको निर्वाचन सम्बन्धमा कानुनविद्हरुसँग् छलफल गरेको थियो । संविधानको धारा २२५ र स्थनीय तह सम्बन्धि ऐन, २०७३ बाझिएपछि कानुनविद्हरुले संविधान बमोजिमको कानुन बनाउनुपर्ने सुझाव दिएका थिए ।यी लगायत समसामयिक विषयमा आज बिहान ९ बजे पुनः छलफल भएको थियो ।
प्रधानमन्त्री एवम् काँग्रस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुको उपस्थिितमा बैठक बसेको थियो ।