काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालित भएको एल.आर.पि. टोलीले अवैध लागू औषध तथा एम्युनिशन/एक्सप्लोसिभ वरामद गरेको बताइएको छ ।
लालभित्ति, शितलपुर खोला चुरे ईलाकामा अवैध रुपमा प्रवेश गरेका ६/७ जना समुहका मानिसहरुलाई पक्राउ गर्ने क्रममा उक्त मानिसहरु लागु औषध, एम्युनिशन/एक्सप्लोसिभ तथा अन्य सामानहरु छाडी फरार भएको बताइएको छ ।
बरामद गरीएका सामानहरु गाँजा– ६ बोरा (करीब २०० के.जी.), भरुवा बन्दुकको गोली गोटा–३९ (उनान्चालिस), बारुद– २०० ग्राम, बम पटका गोटा–१६, गन्धक–१÷२ के.जी., प्याकिङ्ग डब्बा भएको सेफ सोली गोटा–१, टर्चलाईट गोटा–२, चार्जर गोटा–१, र कपडा राखिएको झोला गोटा–४ थान निकुञ्ज प्रशासनलाई बुझाएको नेपाली सेनाले जनाएको छ ।