काठमाडौं । कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ ।
भन्सार बिभागले यसअघि तय गरेको २९ माघको पूर्व निर्धारित मितिमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो । स्थगित परीक्षा परिस्थिति सहज हुनेबित्तिकै पुनः सञ्चालन गरिने भन्सार बिभागले जनाएको छ ।
यसअघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन् ।

























