काठमाडौं । एमाले महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ ।
कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उहाँले जानकारी दिनुभएको छ ।
‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उहाँले भन्नुभएको छ ।