Margadarsan


  • सुर्खेत एमाले अध्यक्षमा पाँचजनाको दाबी

    मार्गदर्शन २० पुष २०७८, मंगलवार

    सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा पाँचजना आकांक्षी देखिएका छन् । एमाले सुर्खेतको सोमबार बसेको सचिवालय बैठकमा जिल्ला कमिटीभित्रका पाँचजनाले अध्यक्षमा आकांक्षा देखाएका हुन् ।

    प्रदेश कमिटी सदस्य कुलमणि देवकोटा, वर्तमान जिल्ला कमिटीका उपाध्यक्ष अमृत बिसी, जिल्ला कमिटी सदस्यहरू डण्डीप्रसाद शर्मा, हरिहरनाथ योगी र ऐनबहादुर चन्दले अध्यक्षमा दाबी गरेका छन् ।

    यही २३ पुसमा हुने जिल्ला अधिवेशनमा ५ जना साथीको जिल्ला अध्यक्षमा आकांक्षा देखाएको जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीले बताए । ‘सचिवालय बैठकमा साथीहरूले नेतृत्वमा आकांक्षा प्रस्तुत गर्नु भएको छ तर सर्वसहमतिमा नेतृत्व छान्ने प्रस्ताव जिल्ला कमिटी बैठकमा लैजाने निर्णय भएको छ ।’ उनले भने, ‘जिल्ला कमिटीको बैठक २२ पुसमा बोलाएका छौँ ।’

    अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सक्ने एवं पार्टीलाई मजबुत बनाउनका लागि आफूले नेतृत्व लिने चाहेको टेवकोटाले बताए । अहिले एमाले सुर्खेतलाई एकताबद्ध गर्न नयाँ नेतृत्वको आवश्यकता रहेको र त्यसका लागि आफू नै उपयुक्त रहेको बिसीकाे भनाइ छ । वर्तमान कमिटीमा उपाध्यक्ष भएकाले पनि अध्यक्षमा दाबी स्वभाविक हुने उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया