काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरैजसो भूभागहरूमा हुस्सु-कुहिरो लागेको छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
राति सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।
बुधबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ ।