काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेसँग एक्लै चुनाव जित्न नसक्ने बताउनुभएको छ । उहाँले आगामी चुनावमा सबै दलले गठबन्धन गरे पनि एमालेले परास्त गर्ने दाबी गर्नुभयो ।
आज गुल्मीको जनज्योति क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विष्टले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल एक्लै चुनाव जित्न नसक्ने भएपछि एमालेविरुद्ध गठबन्धन बनाएर बसेको टिप्पणी गर्नुभएको छ । उहाँले प्रचण्ड र माधव एमालेविरुद्ध गठबन्धन बनाएर बसेको बताउनुभयो ।
सचिव विष्टले भन्नुभयो,’एमालेसँग एक्लै चुनाव लड्ने आँट कुनै पार्टीसँग छैन, उहाँहरु कांग्रेसले भोट हालेर चुनाव जितेको सपना समेत देख्नुहुन्छ ।’ आगामी चुनावमा सबै दलको गठबन्धन बने पनि एमालेलाई परास्त गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले देउवा सरकार जनमतबाट नभएर बम्पर उपहारबाट प्राप्त भएको भन्दै व्यंग्य गर्नुभयो ।