उदयपुर । उदयपुरको कटारी नगरपालिकाले साहसिक पर्यटन खेलका निम्ति परीक्षण उडान गरेको छ । कटारी नगरपालिका– ७ मर्जितपुर गडिकोट डाँडाबाट प्याराग्लाइडिङ, जिपलाइन, रक क्ल्याम्बिङ साहसिक खेलको परीक्षण गरिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका– ७ मर्जितपुर गडिकोटमा प्याराग्लाईडिङ, जिपलाइन र रक क्ल्याम्बिङको परीक्षण गरिएकाे हाे । स्थानीय गडिकोट पर्यटन व्यवस्थापन समिति कटारीले ७ गडिकोटले स्थानीय स्तरमा पर्यटकीय विकास गर्ने उद्देश्यले प्याराग्लाईडिङ, जिपलाइन र रक क्ल्याम्बिङ सुरु गरेको हो ।
कटारी बजारबाट ९ किलोमिटरको दुरीमा रहेको मर्जेतपुर गडिकोट डाँडा प्याराग्लाइडिङ, जिपलाइन, रक क्ल्याम्बिङ साहसिक खेलको निम्ति उपयुक्त स्थान रहेको छ । कटारी बजारबाट ९ किलोमिटर कच्ची सडकबाट पुग्न सकिने मर्जितपुर गडिकोट डाँडामा प्राविधिक हिसाबले सबै मौसममा प्याराग्लाइडिङ, जिपलाइन, रक क्ल्याम्बिङ जस्ता साहसिक खेलको उडान भर्न सकिने प्याराग्लाडिङका क्यापटेन दिलकुमार सुनुवारले बताए ।