काठमाडौं । वायु प्रदूषण नियन्त्रणसम्बन्धी नीतिनियमलाई प्रभावकारी कार्यान्वयनका लागि पैरवी गर्न ‘क्लिन एयर एलायन्स’गठन भएको छ ।
संविधानमा ‘स्वच्छ वातावरणमा बाँच्न पाउने हक’लाई मौलिक हकमा समावेश गरे पनि नेपालमा वायु प्रदूषणसँगै वातावरणीय मुद्दा पेचिलो बन्दै गएका बेला नागरिक समाज, संघसंस्था, विश्वविद्यालय, नेपाल वातावरण समाजका प्रतिनिधिको उपस्थितिमा काठमाडौंमा भएको एक भेलाले एलायन्स गठन गरेको हो ।
नेपाल पानी सदुपयोग फाउन्डेसनका डा. चिरन्जीवी भट्टराईको संयोजकमा रहेको एलान्यसमा त्रिभुवन विश्वविद्यालय, वातावरण केन्द्रीय विभागका डा. रमेश सापकोटा, राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान)का भोला भट्टराई, वातावरणीय सुशासन कार्य समूहका किरण तिमिल्सिना, नेपाल वातावरण समाजका सन्तोष खनाल, इको कनेक्सन नेपालका कामना भट्टराई र दिगो विकास इन्स्टिच्युटका आरती पौडेल सदस्य छन् ।
यम बम प्रेस संयोजकमा चयन भएका छन् भने युथ एलाएन्स फर इन्भायरोमेन्टका अन्जु पोख्रेल सदस्य-सचिव बनेकी छन् ।
प्राम्भिक चरणमै रहेको एलायन्सको सचिवालय युथ एलायन्स फर इन्भायरोमेन्टले गर्नेछ भने अलाएन्सको कार्यविधि बनाउन प्रतिनिधि चयन गरिएको हो ।
एलायन्सले प्रेस नोट जारी गर्दै ‘क्लिन एयर एलाएन्स’मा आबद्ध हुन संघसंस्था र व्यक्तिलाई आह्वान पनि गरेको छ ।























