काठमाडौँ । रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएका उहाँले प्रारम्भिक मत परिणाम आएलगत्तै राजीनामाको घोषणा गर्नुभएको हो ।
रक्षामन्त्री रिजालले ट्विटरमार्फत् राजीनामाको घोषणा गर्नुभएको हो । उहाँले अन्तिम मत परिणाम आउनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने उल्लेख गर्नुभएको छ ।