काठमाडौं । नेपाली कांग्रेसका सभापतिका प्रत्यासी युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएको छ । आइतबार दिउँसो न्यौपानेले सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।
कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी परेको थियो । अब शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।




















