काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँ एक्लै महामन्त्रीमा उम्मेदवारी दर्ता गर्न जानुभएको थियो ।
महामन्त्रीमा उम्मेदवारी दर्ता गरेर फर्केपछि शर्माले आफूले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएको घोषणा गर्नुभएको छ ।