काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित निधिले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
‘मैले सभापतिमा उम्मेदवारी दर्ता गरेर आएको छु । मलाई जिताउन सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्छु,’ निधिले भन्नुभयो ।
निधिले सभापतिमा मात्रै उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले प्यानल खडा गर्नुभएको छैन ।