काठमाडौँ । राजधानीस्थित माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल शुक्रबार बिहान साढे दुई बजे दुर्घटना भएको हो
काभ्रेपलाञ्चोक स्थायी घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो । उहाँ मोटरसाइकल पछाडि बस्नुभएको थियो । दुर्घटना हुनासाथ उहाँलाई उपचारका क्रममा अन्नपुर्ण न्युरो अस्पताल लगिएको थियो । महानगरीय ट्राफिक महाशाखाका अनुसार मल्लिकारको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारले चालकसहित मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
























