काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । अख्तियारले वार्षिक प्रतिवेदनमा समेटिएका विषयबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराउँदैछ ।