काठमाडौं । एनएमबी बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । बैंकले आज पत्रकार सम्मेलन गरेर सो योजना सार्वजनिक गरेको हो । एनएमबी बैंक नेपाली बैकिङ्ग जगतमै शुरु देखि अन्त्यसम्मको पूर्णडिजिटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक भएको छ ।
ग्राहकहरुले एनएमवीमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरु पूरा/अपडेट गर्न सक्ने र तुरुन्दै खाता सञ्चालनमा आउने बैंकले गनाएको छ ।
भिकेवाईसीको लागि डिजिटल लिंक https://vcc.nmb.com.np मा गएर खाता खोल्न सकिने बैंकले जनाएको छ ।
एनएमबी बैंकले ग्राहकहरुको लागि नेपालमा डिजिटल बैकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दै आएको छ । ग्राहकहरुले अब मोवाइल र इन्टरनेट बैकिङ्गको परम्परागत उपयोगको परिधि भन्दा माथि उठेर बैंकससम्म नधाईकनै मुख्य बैकिङ्ग गतिविधिहरु संचालन सक्ने बताउँदै बैंकका सिईओ सुनिल केसीले अन्य बैंकहरुले पनि यस्तो प्रविधि भित्र्याउनेमा आफू विश्वस्त रहेको बताउँदै भिकेवाईसी विधि एनएमवी बैंकले शुरु गरेको बताए ।
बैंकले आफ्ना ग्राहकहरुलाई घरमै वसी वैकिङ्ग कारोवार गर्न सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शीता, त्रुटिरहित र कागज विहीन बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । जुन बैंकको ग्लोवल एलायन्स फर भ्यालु बेस्ड बैकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैकिङ्ग प्रति प्रतिवद्धता परिपूर्ति गर्नु रहेको बैंकले जनाएको छ ।
विदेशबाट पनि सहजै खाता खोल्न सक्ने योजनाले विदेशबाट स्वदेशमा आफ्नै खातामा सहज रुपमा रकम जम्मा गर्न सकिने, बैंकिङ्ग प्रणालीबाट रेमिट्यास भित्र्याउन मद्दत पुग्ने सिईओ केसीले बताएका छन् ।