काठमाडौं । ललितपुरको ज्वागलमा एक युवती मृत अवस्थामा फेला पर्नुभएको छ । सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाह मृत फेला पर्नुभएको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उहाँको शव परिवारका सदस्यले फेला पारिएको थियो । अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
‘बाहिर पसल थियो, आफन्तले देखेपछि अस्पताल लगेछन्’ उहाँले भन्नुभयो, ‘तर अगाडि नै मृत्यु भइसकेको रहेछ ।’
शाहको माइती पक्षले चाहिँ उहाँको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ । उनीहरुको भनाइमा दाइजो सम्बन्धी विवादमा शाहलाई परिवारले यातना दिइरहेको थियो ।
घटनास्थलमा खटिएका ललितपुर प्रहरी डीएसपी दिपक भारतीका अनुसार शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन ।
























