अछाम । अछामको चौरपाटी गाउँपालिका-६ दुनीस्थित एक घरमा आगलागी हुँदा चार लाखको क्षति भएको छ । झुसे साउदको घरमा विद्युत सर्ट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, नगद र दुई तोला सुन नष्ट भएकाे प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक पदमराज जोशीले जानकारी दिनुभयो । आगलागी बिहीबार बिहान भएकाे हाे ।
चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँद पनि घटना स्थल पुगेका थिए । राहत उपलब्ध गराइने उहाँले बताउनुभयो ।
साउद परिवारलाई जीवन साउदले खाद्यान्न, भाँडाकुँडा र त्रिपाल सहयोग गर्नुभएको छ ।