काठमाडौं । काठमाडौंको इचंगुका किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ छ ।
तिहार संघारमै आइसकेकाले फूल टिप्न र त्यसलाई बेच्न समय छोटिएकाले किसानलाई भ्याइनभ्याइ भएको हो । तिहारमा फूल निकै खपत हुने भएकाले काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा फूल खेती हुने गरेको छ ।
सोमबारबाट यमपञ्चक सुरु भइसकेकाले अबको एक दुई दिनभित्रै फूल बजारमा पठाइसक्नुपर्ने भएकाले किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ भएको हो ।