जनकपुर । खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहलाई जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले अर्धनग्न बनाई बजार परिक्रममा गरेका छन् ।
सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आनाकानी गरेको आरोप उनीमाथि लगाइएको छ । सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनलाई अर्धनग्न बनाएका हुन् ।
यसैबीच कार्यालय प्रमुखमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता विजयकुमार यादवसहित सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि नाराजुलुस भइरहेको छ ।