हुम्ला । हुम्लाको खापुर्नाथ गाउँपालिका-५ खर्पेलगाउँमा पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ ।
आइतबार रातिदेखिको लगातारको वर्षाले मंगलबार राति धनवीरे शाहीको घरमाथिबाट आएको पहिरोमा पुरिँदा एकै घरका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्बा शर्माले बताउनुभयो ।
शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराकाे पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शाही र उनका छोरा अलेन्द्र शाहीको पहिरोमा पुरिएको स्थानबाट शव निकालिएको हो । प्रहरी प्रमुख शर्माले सुरक्षाकर्मी घटनास्थल पुगेको बताउनुभयो ।