Margadarsan


  • मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

    मार्गदर्शन २७ आश्विन २०७८, बुधबार

    बुटवल । प्रहरीको गोली लागेर चारजनाको मृत्यु भएपछि रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको बताउनुभयो ।

    आइतबार स्थानीय र प्रहरीबीच मोतीपुर क्षेत्रमा झडप भएको थियो । सोही झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । झडपमा प्रहरीसहित ८० जना घाइते भएका थिए । स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो ।

    औद्योगिक क्षेत्रको अतिक्रमित जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार भएपछि बल प्रयोग गर्नु परेको प्रशासनले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया