काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चुनावमा जाने एजेण्डा प्रशस्त रहेको बताउनुभएको छ । उहाँले चुनावमा जान एमालेलाई एजेण्डा खोज्नुपर्ने आवश्यकता नरहेकोले आफूहरुलाई कुनै गाह्रो नहुने बताउनुभयो ।
एजेण्डा आफूहरूसँगै रहेकोले कसरी चुनावमा जाने भन्ने नठान्न उहाँले केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभयो ।
तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूहरूले गरेको कामको फेहरिस्त रहेको पनि बताउनुभयो । ‘हामीसँग एजेण्डा छैन, कसरी चुनावमा जाने भन्ने नठान्नु होला । हामीले काम गरेका छौँ । कामको फेहरिस्त छ, राष्ट्रियताका लागि काम गरेका छौं, समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयनमा लगेका थियौं ।’
अध्यक्ष ओलीले केही नगर्ने र एजेन्डा नहुनेहरू त चुनावमा जान्छु भनेका छन् भने हामीसँग त प्रसस्त काम गरेका उदाहरण रहेको जिकिर गर्नुभयो ।