काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठकस्थल च्यासलमै स्थायी कमिटी बैठक बसिरहेको एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले बताउनुभएको छ ।

बैठकमा तीनवटै प्रतिवेदनका बिषयमा उठाइएको विभिन्न प्रश्नको व्यवस्थित जवाफ दिने बताइएको छ ।

त्यस्तै आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धि उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।

यसैगरी महासचिव इश्वर पोख्रेलले संगठनसम्बन्धी उठेका प्रश्नको जवाफ दिनुहुनेछ भने उपमहासचिव विष्णु पौडेलले विधानसम्बन्धी प्रश्नको जवाफ दिनुहुने बताइएको छ ।