काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको बताउनुभयो ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सिंहले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए काँग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिनुभयो । कांग्रेसको १४ औँ महाधिवेशनको मिति पटकपटक सर्नुको कारण संगठन कब्जा गर्ने मनसाय रहेको पनि सिंहले आरोप लगाउनुभयो ।