काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाबिरुद्धको खोप अभियान निरन्तर सञ्चालन हुने बताउनुभएको छ ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले निरन्तर रुपमा खोप आइरहेको भन्दै खोप अभियान पनि निरन्तर रुपमा सञ्चालन हुने बताउनुभएको हो । अव १८ बर्षभन्दा माथिका छुटेका नागरिकलाई १० दिनसम्म खोप दिइने उहाँको भनाई छ । मन्त्री श्रेष्ठले मुलुकका उत्तरी भेगका १० देखि १३ वटा जिल्लामा पूर्ण रुपमा खोप लगाउने योजना रहेको जानकारी दिनुभयो ।
उहाँले अहिलेसम्म १ करोड ७७ लाख खोप आइसकेको जानकारी पनि दिनुभएको छ ।