Margadarsan


  • बर्दियामा बँदेललाई थापेको पासोमा परी एकै घरका ३ जनाले गुमाए ज्यान

    मार्गदर्शन २ आश्विन २०७८, शनिबार

    काठमाडौं । बर्दियामा बँदेललाई थापेको पासोमा परी एकै घरका तीनजनाले ज्यान गुमाएका छन् ।

    बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताउनुभयो ।

    उहाँका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।

    खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया