काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर परीक्षण गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन परीक्ष गर्दा ४७२ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमितहरुमध्ये ११७ जनाको भेन्टिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा उपचाररत् रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।