काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,५११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएको मन्त्रालयले जनाएको छ ।