काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,७६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी सो गत २४ घण्टामा थप १ हजार २२० जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।
जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।