Margadarsan


  • आफ्नै आठमहिने शिशुको हत्या गर्ने बाबुआमा पक्राउ

    मार्गदर्शन २९ भाद्र २०७८, मंगलवार

    रुपन्देही । रुपन्देहीको गैडहवामा आफ्नै आठमहिने शिशुको हत्या गरेको आरोपमा बाबुआमा पक्राउ परेका छन् ।

    गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताउनुभयो ।

    हत्याको कारण यकिन नभए पनि जग्गा सम्बन्धी विवादको कारणले परिवारमा दैनिक झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको थापाले जानकारी दिनुभयो ।

    २६ गते बिहानपख करिब १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो ।

    घटनास्थलको सुक्ष्म अबलोकन गर्ने क्रममा घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया